समाजवादी मोर्चाको आधार सात बुँदे सहमति पत्र
नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी र नेपाल कम्युनिष्ट पार्टी सम्मिलित चार दलको समाजवादी मोर्चा घोषणा भएको छ ।
राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा चार दलका प्रमुखहरुले सात बुँदे सहमति पत्रमा हस्ताक्षर गर्दै मोर्चाको घोषणा गरेका हुन् । घोषणालगतै नेताहरुले हात उठाएर खुसी साटासाट गरेका छन् । घोषणासभालाई मोर्चामा आवद्ध दलका शीर्ष नेताहरुले सम्बोधन गरिरहेका छन् ।
डा. बाबुराम भट्टराई नेतृत्वको पार्टी अन्तिम समयमा मोर्चामा सहभागी नभएको बताइन्छ ।
टिप्पणीहरू