स्वदेश प्रस्थान गर्नुअघि अमेरिकी विदेशमन्त्रीले भेटे चिनियाँ राष्ट्रपति

स्वदेश प्रस्थान गर्नुअघि अमेरिकी विदेशमन्त्रीले भेटे चिनियाँ राष्ट्रपति

चीन भ्रमणमा रहेका अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले चिनियाँ राष्ट्रपति सि जिनपिङसँग बेइजिङमा शिष्टाचार भेटवार्ता गरेका छन् । दुई दिने भ्रमणमा हिजो बिहान चीन पुगेका उनले राष्ट्रपति सिसँग आज स्वदेश प्रस्थान गर्नुअघि भेट गरेका हुन् ।

चिनियाँ समाचार समिति सिन्ह्वाका अनुसार हिजो विदेशमन्त्री ब्लिन्केनले चिनियाँ समकक्षी छिन् काङसँग द्विपक्षीय भेटवार्ता गरेका थिए ।

टिप्पणीहरू