भैरहवाको बाटो : भ्रमणवारे मौन,योगातिर मन

भैरहवाको बाटो : भ्रमणवारे मौन,योगातिर मन

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलसम्म पुग्ने हवाई रुटबारे भारत सकारात्मक रहेको बताउनुभएको छ । उहाँले आज लुम्बिनीमा बोल्दै उक्त धारणा सार्वजनिक गर्नुभएको हो ।

लुम्बिनीमा आयोजित अन्तर्राष्ट्रिय योगा दिवसका अवसरमा बोल्दै राजदूतले ‘भैरहवाको निम्ति हवाई रुट प्रदान गर्न भारत सकारात्मक रहेको’ उल्लेख गर्नुभयो । भोलि अन्तर्राष्ट्रिय योगा दिवस छ । सोही सन्दर्भमा लुम्बिनीमा आज कार्यक्रम राखिएको आयोजकले जनाएको छ ।

उक्त कार्यक्रममा भाग लिन राजदूत श्रीवास्तवसँगै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती हिजो साँझ एउटै विमानमा काठमाडौंबाट भैरहवा जानुभएको थियो । 

गत महिना प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको क्रममा नयाँ हवाई रुटबारे भारतीय पक्ष मौन बसेको थियो । तर,भारतले रोकेको नयाँ हवाई रुटबारे भैरहवा र सो क्षेत्रका स्थानीयमा असन्तुष्टि बढेपछि त्यसलाई थामथुम पार्न आज बिहान मन्त्री र राजदूतले वार्ता सकारात्मक रुपमा अघि बढेको सन्दर्भ उल्लेख गर्नुभएको बताइन्छ  ।
 

टिप्पणीहरू