प्रदेशको नाम अंकमा राखेको भन्दै एमालेले विरोध गरेपछि प्रतिनिधिसभा बैठक स्थगित

प्रदेशको नाम अंकमा राखेको भन्दै एमालेले विरोध गरेपछि प्रतिनिधिसभा बैठक स्थगित

सरकारले प्रस्तुत गरेको विनियोजन विधेयकमा प्रदेशको नाम अंकमा लेखिएको भन्दै प्रमुख प्रतिपक्ष नेकपा एमालेले विरोध जनाएपछि प्रतिनिधिसभा बैठक स्थगित भएको छ । 

आज बसेको प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयक २०८० अन्तर्गत मन्त्रालयगत शीर्षकमा छलफलको कार्यसूची थियो । सोही क्रममा पर्यटन र शहरी विकास मन्त्रालयले लुम्बिनी प्रदेशको ठाउँमा ५ नम्बर प्रदेश राखेर ल्याएपछि एमाले सांसदहरूले विरोध गरे । उनीहरुले नाम नसच्याएसम्म छलफल गर्न नदिने अडान लिएपछि सभामुख देवराज घिमिरेले १५ मिनेटका लागि बैठक स्थगित गर्नुभएको हो । 

त्यसअघि एमाले सांसद रघुजी पन्तले लुम्बिनीको नाम अंकमा लेखिएको भन्दै विरोध गरेका थिए । 

प्रतिनिधिसभाको अघिल्लो बैठकमा पनि कोशी प्रदेश उल्लेख नगरेर प्रदेश १ लेखिएको भन्दै एमालेले आपत्ति जनाएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतको छलफल कार्यसूचीबाट हटाइएको थियो ।

टिप्पणीहरू