प्रादेशिक गृहमन्त्रीको गाडी खोलामा खस्यो,अप्रिय खबरको आशंका

प्रादेशिक गृहमन्त्रीको गाडी खोलामा खस्यो,अप्रिय खबरको आशंका

सुदूरपश्चिमका आन्तरिक मामिलामन्त्री सवार गाडी दुर्घटनाग्रस्त भएको छ । धनगढीबाट बझाङ गइरहेको सवारी साधनमा मन्त्री पृथ्वीबहादुर सिंहलगायत पाँच जना रहेको बताइएको छ ।

सडकबाट २५ मीटर तल नदी किनारमा खसेको अवस्थामा गाडी फेला परेको छ । मन्त्रीलगायत सबैको अवस्था चिन्ताजनक रहेको बुझिएको छ । 

मन्त्रीको टोली हिजो धनगढीबाट अन्य जिल्ला हुँदै आज बझाङ गइरहेको थियो । बझाङ पुग्नुअगावै बीच बाटोमा सवारी साधन दुर्घटनाग्रस्त भएको हो ।

टिप्पणीहरू