बजेटप्रति असन्तुष्ट एकीकृत समाजवादीले संसदीय दलको बैठक डाक्यो
नेकपा एकीकृत समाजवादीले संसदीय दलको बैठक बोलाएको छ । बैठक आज दिउँसो २ बजेका लागि डाकिएको जनाइएको छ ।
पार्टी प्रवक्ता जगन्नाथ खतिवडाका अनुसार आजको बैठकमा सरकारले संसदमा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटलगायत विभिन्न विषयमाथि गहन ढंगले छलफल गर्न लागिएको हो ।
सरकारले ल्याएको नयाँ बजेटमा केही जिल्लालाई मात्र प्राथमिकतामा राखिएकोमा एकीकृत समाजवादीले औपचारिक रुपमा असन्तुष्टि जनाउँदै आएको छ । सोही सन्दर्भमा आज बैठक राखिएको हो ।
टिप्पणीहरू