अनिल श्रीमान अमेरिका,समिम अन्सारी दुबईबाट जनकपुर

अनिल श्रीमान अमेरिका,समिम अन्सारी दुबईबाट जनकपुर

सर्वोच्च अदालतका न्यायाधीश अनिलकुमार सिन्हा अमेरिका जानुभएको छ । उहाँ गए राति काठमाडौंबा दोहा हुँदै त्यसतर्फ प्रस्थान गर्नुभएको हो ।

न्यायाधीश सिन्हा कतार एअरवेजको उडान नम्बर क्युआर ६४५ मा राति साढे २ बजे जानुभएको बुझिएको छ । यसैबीच मुस्लिम आयोगका अध्यक्ष समिम मिया अन्सारी जनकपुर पुग्नुभएको छ । उहाँ बुध्द एअरको उडानमा आज बिहान साढे ८ बजे त्यता जानुभएको हो । 

गत साता दुबईबाट काठमाडौं फर्केका अध्यक्ष अन्सारी लगातारजसो दुबई जाउआउ गर्नुहुन्छ । उताबाट फर्केपछि जनकपुर र सिमरा पुग्ने नियमैजस्तो बनेको छ ।

टिप्पणीहरू