रवि लामिछानेको जलपानमा ‘सिमसिमे पानी’
फोटो स्रोत : रेखा शाहको फेसबुक ।
राष्ट्रिय स्वतन्त्र पार्टीले स्थापनाको पहिलो वार्षिकोत्सव मनाएको छ । आजैदेखि पार्टी मुख्यालयसमेत बसुन्धाराबाट बालाजु बनस्थलीमा सारिएको छ ।
बिहानदेखि पूर्वबैंकर तथा दुई वटा बैंकको सिइओ रहिसकेका अनिल शाहले पनि उक्त पार्टी ‘ज्वाइन’ गरेका छन् । सेलिब्रेटी बैंकरका रुपमा चिनिएका शाहलाई प्रशिक्षण विभागको जिम्मेवारी दिइएको छ ।

दिउँसो १ बजेदेखि चियापान कार्यक्रम जारी छ जसमा गायिका रेखा शाह पनि पुगेकी छन् । ३५ बर्षअघि ‘सिमसिमे पानी’ दोहोरी गीतबाट चर्चित शाहको सहभागितालाई पनि रास्वपा भित्रिने चाँजोपाँजोको रुपमा हेरिएको बताइन्छ ।
टिप्पणीहरू