पूर्व बैंकर रविनाको कसियो लगनगाँठो
पूर्वबैंकर रविना देशराज श्रेष्ठले आज विवाह गरेकी छन् । नायक आयुष्मान देशराजकी आमा तथा नायिका प्रियंका कार्कीकी सासू रविनाले बेलायती प्रेमी स्टुआर्टसँग लगनगाँठो कसेकी हुन् ।
रविना तत्कालिन मेगा बैंकमा डेपुटी सिईओ र केही समय कायममुकायम सिईओ बनेकी थिइन् । मेगा बैंक इन्भेष्टमेन्ट बैंकमा मर्ज भएपछि उनले बैंकको जागिर छाडिन् ।
रविना र स्टुआर्ट दुबैको यो दोस्रो विवाह हो ।
टिप्पणीहरू