चिनियाँ राजदूत पोखराबाट, जापानी राजदूत नारिताबाट

चिनियाँ राजदूत पोखराबाट, जापानी राजदूत नारिताबाट

नेपालका लागि चिनियाँ राजदूत पोखराबाट राजधानी आउनुभएको छ । राजदूत छन सोङ बुद्ध एअरको उडानमा दिउँसो पौने ४ बजे काठमाडौं आइपुग्नुभएको बताइएको छ । 

उहाँ हिजो र आज पोखराको फेवातालमा भएको ‘नेपाल–चीन फ्रेण्डसीप ड्रागन बोट रेस फेस्टिभल’ मा सहभागी भएर फर्कनुभएको हो ।

नेपालका लागि जापानी राजदूत किकुता युताका पनि आजै काठमाडौं आउनुभएको छ । उहाँ नेपाल वायुसेवा निगमको उडान नम्बर आरए ४३४ मा नारिताबाट अपरान्ह ४ बजे काठमाडौं आइपुग्नुभएको हो ।
 

टिप्पणीहरू