चट्याङ लागेर बागलुङमा दुई बालबालिकाको निधन
बागलुङमा चट्याङ लागेर दुई बालबालिकाको मृत्यु भएको छ । घरमा बसेका ती बालबालिकामाथि गएराति परेको चट्याङ लागेको बताइएको छ ।
ढोरपाटन नगरपालिका–५, पाखापानीका चित्रबहादुर विकका छोरी र छोराको निधन भएको हो । राति घरमा बसिरहेको अवस्थामा चट्याङबाट ९ वर्षकी छोरी सुनिता र ६ वर्षे छोरो दिनेश विक बितेका हुन् ।
चट्याङबाट चित्रबहादुरकी श्रीमती यमकुमारी विक घाइते भएकी छन् । उनको उपचार भइरहेको छ । घरसँगैको गोठमा बाँधिएको एउटा भैंसी पनि चट्याङका कारण मरेको जनाइएको छ ।
टिप्पणीहरू