आँगनको डिलबाट खसेर सरिना गम्भीर घाइते,सघाउने मनकारीको खोजी
काभ्रेमा आँगनको डिलबाट खस्दा एक बालिका गम्भीर घाइते भएकी छन् ।
भुम्लु गाउँपालिका वडा नम्बर ४, निवासी कृष्णबहादुर बिकको १० बर्षीय छोरी सरिना खेल्ने क्रममा खसेर गम्भीर घाइते भएकी छन् ।
उनलाई उपचारको लागि धुलिखेल अस्पताल ल्याइए तापनि आर्थिक अभावको कारण उपचार हुन नसकेको बताइन्छ।
परिवारले आर्थिक अवस्था निकै कमजोर भएको भन्दै भरतबहादुर बिक खाता नम्बर २१५१००१७५००३९५ नबिल बैंक शाखा भुम्लुमा सकेजति आर्थिक सहयोगको आग्रह गरेको छ ।
टिप्पणीहरू