सदनमा फेरि उठ्यो जलहरीको प्रसंग, संसदीय छानबिन समितिको माग
प्रतिनिधि सभाको बैठकमा पशुपतिनाथ मन्दिरभित्र राखिएको जलहरीको विषय फेरि उठेको छ । आज सत्तारुढ दलका सांसदहरुले नै छानबिनका लागि संसदीय समिति गठनको माग गरेका छन् ।
सत्तारुढ माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेल र नेपाली काँग्रेस सांसद प्रदीप पौडेलले विवादास्पद जलहरी प्रकरणबारे संसदलाई सत्यतथ्य जानकारी गराउन माग गरेका हुन् । पौडेलले उक्त प्रकरणमा संसदीय छानबिन समिति गठनको माग गरेका छन् ।
सांसद पौडेलले जलहरीको हराएको सुनको परिमाणबारे संसदलाई जानकारी गराउनुपर्ने धारणा राखेका हुन् ।
टिप्पणीहरू