चितवन राष्ट्रिय निकुञ्जमा सफारी र बोटिङ बन्द

चितवन राष्ट्रिय निकुञ्जमा सफारी र बोटिङ बन्द

चितवन राष्ट्रिय निकुञ्जमा सञ्चालन हुँदै आएको विभिन्न पर्यटकीय गतिविधिहरु बन्द गरिने भएको छ । आउँदो असार १६ गतेदेखि व्यवसायिक जंगल ड्राईभ (सफारी) र डुङ्गा सञ्चालन (बोटिङ) जस्ता पर्यटकीय गतिविधिहरु बन्द गर्न लागिएको हो । 

वर्षायाममा निकुञ्जभित्रका कच्ची वनपथहरु बिग्रिने, जंगलमा भएका स–साना खोला खोल्सीमा भलबाढी आउने, रुख लडेर बाटो अवरुद्ध हुने र मानवीय क्षतिसमेत हुन सक्ने भएकाले पर्यटकीय गतिविधिहरुमा रोक लगाइएको चितवन राष्ट्रिय निकुञ्जको कार्यालयले जनाएको छ । 

कार्यालयले सूचना जारी गर्दै अर्को सूचना प्रकाशन नभएसम्मका लागि यी गतिविधिहरु बन्द गरिएको जानकारी दिएको छ । 

‘वर्षाको मौसमलाई मध्यनजर गर्दै यस चितवन राष्ट्रिय निकुञ्जमा सञ्चालनमा हुने व्यवसायिक जंगल ड्राईभ (सफारी) र डुङ्गा सञ्चालन (बोटिङ) जस्ता पर्यटकीय गतिविधिहरु २०८० असार १६ गतेका दिनदेखि कार्यालयबाट अर्को सूचना प्रकाशन नभएसम्मका लागि बन्द गरिएको व्यहोरा सम्बन्धित सबैको लागि यो सूचना प्रकाशन गरिएको छ', सूचनामा उल्लेख छ ।

टिप्पणीहरू