पहिरोका कारण मुग्लिन–नारायणगढ सडक ठप्प, वैकल्पिक मार्ग प्रयोगको सल्लाह

पहिरोका कारण मुग्लिन–नारायणगढ सडक ठप्प, वैकल्पिक मार्ग प्रयोगको सल्लाह

हिजो बिहानदेखि झरेको पहिरोका कारण मुग्लिन–नारायणगढ सडक खण्ड अवरुद्ध भएको छ । हिजो साँझ पहिरो पन्छाउन थालिएको बताए पनि रातिदेखि फेरि लेदो र ढुंगा झरेका कारण आवागमन रोकिएको बताइएको छ ।

मुग्लिनस्थित इलाका प्रहरी कार्यालयका अनुसार हिजो दिउँसो पहिरो रोकिएपछि पन्छाउन थालिएको थियो । तर रातिको वर्षापछि झरेको पहिरोले दुवैतर्फ सवारी साधनको लामो लाइन लागेको छ ।

राजमार्गस्थित ३ नम्बर पुलमा गएको पहिरो पन्छाउन सहज नभएपछि वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको छ । पूर्वबाट आएका र जाने ठूला सवारी साधनलाई त्रिभुवन राजपथअन्तर्गत नौबिसे–पालुङ–भैंसे–हेटौंडा भएर आउजाउ गर्न सल्लाह दिइएको छ ।

त्यसैगरी साना सवारी साधनहरुलाई चित्लाङ–कुलेखानी–भीमफेदी–भैंसे–हेटौंडाको मार्ग प्रयोग गर्न सकिने बताइएको छ । पश्चिमतर्फका सवारी साधनलाई पोखरा हुँदै बुटवल निस्कने वैकल्पिक मार्ग सुझाइएको छ ।

टिप्पणीहरू