राष्ट्र संघका उपमहासचिव थिम्पु प्रस्थान, भारतीय राजदूत भरतपुरमा
संयुक्त राष्ट्र संघीय उपमहासचिव भुटानको पारो पुग्नुभएको छ । उहाँ नेपालको भ्रमण पूरा गरेर आज बिहान काठमाडौंबाट भुटानको थिम्पुका लागि पारो जानुभएको हो ।
पिस अपरेसन मामिलाका उपमहासचिव जाँ पिएरे लाक्रोक्सि डु्रक एअरको उडान नम्बर केबी २०५ मा दिउँसो पौने २ बजे पारो प्रस्थान गर्नुभएको थियो ।
यता नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव चितवनको भरतपुर जानुभएको छ । उहाँ बुद्ध एअरको उडानमा मध्यान्ह साढे १२ बजे काठमाडौंबाट त्यता जानुभएको हो ।
असार १५ गते रोपाइँ महोत्सव र धान दिवस मनाउन एमाले अध्यक्ष केपी शर्मा ओली, नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति पनि हिजै भरतपुर पुगेको बताइन्छ ।
टिप्पणीहरू