प्रधानमन्त्री र एमाले अध्यक्ष दुवै फर्कनुभयो
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड काठमाडौं फर्कनुभएको छ । उहाँ पोखराबाट दिउँसो साढे ३ बजे आइपुग्नुभएको बताइएको छ ।
मुख्यमन्त्रीहरुको अन्तरप्रदेश बैठक उद्घाटन गर्न हिजो बिहान सेनाको हेलिकप्टरमा पोखरा जानुभएका प्रधानमन्त्री दाहाल आज बुद्ध एअरको उडानमा फर्कनुभएको हो । उहाँसँगै १७ सदस्यीय टोली पनि बुद्ध एअरकै उडानमा काठमाडौं आएको हो ।
यसैबीच नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली पनि काठमाडौं फर्कनुभएको छ । उहाँ भरतपुरबाट बुद्ध एअरको उडानमा दिउँसो साढे २ बजे आउनुभएको बताइन्छ ।
हिजो धान दिवस तथा रोपाइँ महोत्सव मनाउन उहाँ अस्ति चितवन जानुभएको थियो ।
टिप्पणीहरू