नारायणगढ–मुग्लिन सडक फेरि ठप्प
गएरातिको पहिरोका कारण नारायणगढ–मुग्लिन सडक फेरि अवरुद्ध भएको छ । चितवनको इच्छाकामना गाउँपालिका–५, ३ नम्बर पुलमा फेरि पहिरो गएको छ ।
हिजो एकतर्फी सञ्चालनमा आएको उक्त सडक खण्ड पुनः अवरुद्ध भएको हो ।
पटक पटक पहिरो गएकाले प्रहरीले राजधानी भित्रिने र बाहिरिने सवारी साधनलाई वैकल्पिक मार्ग प्रयोग गर्न सवारी चालकहरुलाई अनुरोध गरेको छ ।
टिप्पणीहरू