ओमान गएका मन्त्रीहरु फरक रुटबाट घर फिर्ता

ओमान गएका मन्त्रीहरु फरक रुटबाट घर फिर्ता

ओमानको राजधानी मस्कटमा सम्पन्न एनआरएनएको क्षेत्रीय भेलामा गएका मन्त्रीहरु स्वदेश फर्केका छन् । उनीहरुसँगै सरकारी अधिकारीहरु,पत्रकार र कलाकार पनि काठमाडौं फर्कने क्रम जारी छ । 

तीमध्ये केही मस्कटबाट सोझै काठमाडौं आएका छन् भने,केहीचाहिँ  दुबई हुँदै र एउटा टोली कतारको राजधानी दोहा भएर स्वदेश फर्केको बुझिएको छ ।

कार्यक्रमका प्रमुख अतिथि उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का गएराति साढे १२ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका छन् । उनीसहित तीन जना दोहा हुँदै कतार एअरवेजको उडानमा आएका हुन् । मन्त्री खड्कालाई प्रधान सेनापति प्रभुराम शर्माले मध्यरात विमानस्थलको विशिष्ट कक्षमा स्वागत गरेको बताइन्छ । 

सोही कार्यक्रममा सहभागी भएर श्रम,रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारी र पूर्वमन्त्री तथा एमाले सचिव रघुवीर महासेठ पनि मध्यरात काठमाडौं आएका छन् । उनीहरुले फ्लाई दुबईको उडान नम्बर एफजेड ५७३ प्रयोग गरेका थिए ।

टिप्पणीहरू