मुलुकभर आन्दोलन गर्ने सहकारी पीडितहरुको तयारी
सहकारी पीडितहरुले आफ्नो आन्दोलनलाई मुलुुकभर फैलाउने भएका छन् । काठमाडौंको माइतीघर मण्डलामा झण्डै एक महिनादेखि आन्दोलनरतहरुले उक्त निर्णय गरेको बताइएको छ । सहकारी पीडित बचतकर्ता महासंघ संघर्ष समितिले आफूहरूको आवाज सरकारले एक महिनासम्म बेवास्ता गरेकाले थप संघर्षको कार्यक्रम घोषणा गर्नुपरेको बताएको छ ।
समितिले सरकारलाई थप दबाब दिन आगामी बुधबार देशभर सशक्त आन्दोलन गरेर गाउँ गाउँबाट सरकार खोज्ने कार्यक्रम तय गरेको हो । हालसम्म आफूहरू धैर्यताका साथ आन्दोलन गरिरहेको उनीहरुको भनाई छ ।
तर सरकारले आफ्नो आवाजलाई बेवास्ता गरेकाले सशक्त आन्दोलनको सहारा लिनुपर्ने अवस्था आएको दाबी गरेको छन् । यसलाई कमजोरी ठानेमा सहकारी पीडितहरूले आन्दोलनको आँधीबेहरी ल्याउने जनाइएको छ ।
ओरण्टल सहकारी, देउराली सहकारी, प्रस्परस सहकारी, खुशी सहकारी, कान्तिपुर सहकारी, सिभिल सहकारी, सुमो सहकारी, उत्तम सहकारी, गेट–वे सहकारी, लसकुश सहकारी, सन्ध्या सहकारी, शिव शिखर बहुउद्देश्यीय सहकारी, शुभकार्य सहकारी, प्रज्ञान सहकारी, स्वस्तिक सहकारी, लजगा सहकारी पीडितहरु माइतीघरमा जम्मा भइरहेका छन् ।
त्यसैगरी ओसिन सहकारी, हाम्रो नयाँ कृषि सहकारी, नेशनल डेभलपमेन्ट सहकारी, इमेज सहकारी, बराहा सहकारी धरान, गुड्वेल सहकारी, अष्ट सहकारी पिडीतहरू पनि जेठ २० गतेदेखि माइतीघर मण्डलामा बसेर आफ्नो जम्मा रकम फिर्ताको निम्ति आवाज उठाइरहेका छन् ।
टिप्पणीहरू