सारे जहाँ से अच्छा .... हमारा !
–जगदीशराज बराल
१) नाती हिरण्य गर्भ (कान्छो भाञ्जाको छोरा) न्यौपानेलाई ‘विराटनगर तीन टोलियाको हाम्रो घर अर्थात् नातिको बुढा मावली घर, बुधनगर फडानी आईसीपी नजिकको बुढा मामाहरुको खेती सबै भारतका सम्माननीय प्रधानमन्त्री नरेन्द्र मोदीज्यूले आफ्नो नक्सामा पार्नुभयो । अब हिन्दीमा पढ्नुपर्छ भनेर’ बोर्डमा लेखाउँदै होमवर्क पनि हिन्दी मिश्रित मैथिलीमा गराउँदा मेरो सवालमा यस्ता खरो जवाफ पाइयो :
क) म : ‘हमर प्रदेशका नाम अब विहार प्रदेश है । हमरा उपमुख्य मनतरी तेजस्वी यादव है .....(कुरा पूरा हुन नपाउँदै)
नाति : हैन हैन गलत । हजुरको यानी हाम्रो बुढो मावली घर भएको प्रदेश कोशी–सप्तकोशी हो,त्यही नै हुनुपर्छ । मुख्यमन्त्री हिम्मतवाला कार्की हुन् । हाम्रो रामेछाप घर पहिले जनकपुर अञ्चल रे ! छुट्टाएर अहिले जानकी मिथिला प्रदेश हो जस्तो लाग्छ नभएपनि जानकी मिथिला नै हो । लौ जा ।
मः मैत्रिपूर्ण हमारे प्रधानमन्त्रीजीका नाम नरेन्द्र दास...(कुरा पुरा हुन नपाउँदै)
नाति : हैन हैन हाम्रो देशका प्रधानमन्त्री यसअघि जो जो भएपनि अब यसपछि हुने भनेका चाहिँ शेरबहादुर ‘देउ’ न बार्दली कोली निगाह ‘बा’ नै होइसिन्छ । नरेन्द्र हैन दरिद्र भन्नुस न बरु । हन्तकाली जस्तो हाम्रा चुरेका गिट्टी, बालुवा, नदीनाला, साल सल्लो, हजारौँ हेक्टरसहित सीमाका पिलर सबै खाने, बदलामा पाल्न नसकेका भैंसी दिने । आफ्ना सन्तानलाई पाल्न नसकेर ‘जाओ नेपालके नागरिक बनो’ भन्दै रेलबाट यता पठाउने (आवश्यक परे ट्रक मै कोचेर पनि) हरु दरिद्र त हुन् नी हैन र हजुर बा ? कशरी मैत्रीपूर्ण ?
‘मित्रता सँधै एउटा जिम्मेवारी हो, यो अवसर कहिले पनि हुँदैन’ (खलील जिब्रान) । हामीसँगको मित्रता के सिर्फ हाम्रा स्रोत साधनको दोहन गर्ने अवसरको लागि मात्र हो ? अन्तर्राष्ट्रिय जिम्मेवारी हुन्न र ?यो संसारमा सबै आफ्ना जस्तै लागे पनि ती सबै आफ्ना हैनन् । आफ्नो जस्तो लाग्नु र आफ्नो हुनु धेरै फरक कुरा हुन् बुढा हजुरबा माष्टरजी ।
म : कुत्ता और मुर्गा ....(कुरा पुरा हुन नपाउँदै)
नाति : नेपालमा कुकुर भनिने कुत्ता चार प्रकारका हुन्छन् । घर पालुवा–जङ्गली–स्वदेशी नश्ल–विदेशी नश्ल । कुत्तालाई हड्डीलगायत खाना खुवाइन्छ भने मुर्गा यानी कुखुरालाई दाना चारा । तर, देश तथा जनताप्रति भन्दा विदेशी शक्तिप्रति आशक्त–बफादार–राष्ट्रघाती–लम्पसारवादी प्रवृत्तिका दुई खुट्टे नेताहरुलाई पनि विदेशीले कुत्ता कै प्रकारमा–दर्जामा राखेर चाराको लागि भनेर स्रोतको व्यवस्था गर्छन् भनेर हल्ला सुनेको हो । चारा र दानामा अचेल हड्डीको धुलो मिसाउने गरेकाले हड्डीको बास्ना सुँघ्दै चारालाई नै चाट्न आतुर दुई खुट्टे नेपाली कुत्ताहरु आपस मै झगडा गर्छन् रे भन्ने सुनेको हो बुढुवा हजुरबा माष्टरजी !
म : सुनेको कुरा हावादारी हुन्छ, प्रमाण लाग्दैन, विश्वास गर्नुहुन्न । आपने फटर फटर बात से लगता है मकैको खेती किताबके कहानी सुना है, सच ?
नाति : अरे बुढुवा माष्टरजी ! रामेछापको आफ्नै गाउँ बाबियाखर्कबाट सुकजोर एवम् रणजोर खोला तर्ने बित्तिकै डाँडामाथिका कठजोर तिल्पुङ्गका सरकारी सुब्बा कृष्णलाल अधिकारी बाले लेखेको किताबबारे मलाई थाहा छ क्या !
म : अरे अपनका छोटु नाति इतना चालाक है की है की अब बढ्का हो के आईएएस डिएम (नेपालमे सिडिओ)–आईपीएस–बडका सचिव होगा । छोटु के लिए हमने हिन्दी मे भारतके यूपिएससी तयारी नोट खोज के रखल छे, जतन से रखु ।
नातिः (यूपिएससी तयारी नोट कच्याक कुचुक्क पार्दै) हैट, हजुर बा त कस्तो कायर । जाग्नुपर्ने बेलामा सुत्ने कुरा गर्ने । नक्सामा राख्दैमा हुन्छ र ?‘ मै कहता हूँ जागत रहियो, तु रहता है सोही रे । मै कहता हौं आँखिन देखि, तु कहता कागज की लेखी ।’ (सन्त कविर । भारत ।) । उताका पनि कागजका अखण्ड नक्सा, यताका पनि ग्रेटर नेपालका कागजी नक्सा । ये तो पुटीनके केभिन रस–एर्दोगान के अटोमन साम्राज्य, सि जिनपिङ के बादशाही चीन जैसा कागजी बात हुई । मैले अहिले आँखाले देखेको कुरा चाँहि हाम्रो नेपाल भनेको मेचीदेखि लिम्पियाधुरा–लिपुलेक–कालापानी, गायब गरेका जङ्गे पिलर–हडपेका सबै सीमा हेक्टरसहितको नेपाल हो । आँखाले देखेको नेपालको कुरा पहिले गरौं न । आँखाले देखेको नेपालको कुरा पार लगाउन नसक्नेले कागजी कुरा गरेर चर्चामा आउने सर्कस गर्नुहुन्न ।
म : ल अब अन्त्यमा देशभक्तिको गीत ‘सारे जहाँ से अच्छा (गीतको बोल पुरा नहुँदै म तिर औंला तेर्साउँदै )....’ भनि पो हाले ।
नाति : (आक्रोशित मुद्रामा)’ दलाली और घुट्ने टेकनेका भी हद होता है यार ! मेरे अगलबगल मेँ युआन, डलर, यूरो, रुवल, पौण्ड मौजुद है तो सिर्फ भारु मे ही कैशे बिकूँ ’ !
म : तिमीलाई हिन्दी पनि मजाले आउँदो रहेछ त ।
नातिः मैने तो गर्भ से ही हङ्गामा, मोटु पतलु, जी न्यूज, आजतक और आण्टी एकता कपूरकी सिरियलकी डायलग सुनके आया हूँ तो खुराफाति, चम्चागिरी, सामाजिक अराजकतावादी और दोगला भि हूँ–हजुर बा ! बचके रहिएगा ।
-ख) (बिम्व छबिचित्र श्रेय : नाती र म आफैंबाट । अरु मसँग सामाजिक सञ्जालमा जोडिएका भारतीय सोसल मिडियाहरुबाट, ई.सं.२०२३ । ग्रेटर नेपाल विश्व सञ्चार डिजिटल पत्रिका २५ जेठ, वि.सं.२०८० बाट ।) ।
टिप्पणीहरू