एमसीसीको प्रगति बुझ्न अमेरिकी मन्त्री काठमाडौं आउँदै

एमसीसीको प्रगति बुझ्न अमेरिकी मन्त्री काठमाडौं आउँदै

अमेरिकी सहायक मन्त्री नेपाल भ्रमणमा आउन लागेका छन् । दक्षिण एसिया तथा मध्य एसिया मामिलामन्त्री डोनाल्ड लु असार महिनाको अन्ततिर काठमाडौं आउने अमेरिकी स्रोतले जनाएको छ ।

अमेरिकी सहयोग परियोजना एमसीसीको पछिल्लो अवस्था र गतिविधिको यथार्थ जानकारी लिन लु असार २९ गते शुक्रबार काठमाडौं आउने छन् ।\

डेढ वर्षअघि एमसीसी परियोजनालाई नेपालको संसदले पारित गर्नुअघि र पछि पनि लुले नेपाल भ्रमण गरेका थिए । त्यसबेला उनले प्रमुख राजनीतिक दलका अध्यक्ष तथा नेताहरुलाई छुट्टाछुट्टै भेटेका थिए ।

उनले एमसीसी पारित नगरे राम्रो नहुने चेतावनी नेपाली नेताहरुलाई दिएको खबरले त्यतिबेला निकै चर्चा पाएको थियो ।

टिप्पणीहरू