सेनाका गुल्मपतिलाई वार कलेजमा तालिम

सेनाका गुल्मपतिलाई वार कलेजमा तालिम

नेपाली सेनाले आगामी भदौ ४ गतेदेखि मंसिर १९ गतेसम्म सि.सं. ६८ गुल्मपति तथा स्टाफ तालिम गर्न लागेको छ । तालिमको निम्ति ३० जना छनौट हुने भएकाले दोब्बर सम्भावित शिक्षार्थीहरुको नामावली सार्वजनिक गरिएको छ ।

तालिम सेनाको सैनिक वार कलेज,नगरकोटमा हुने छ । उक्त तालिमको निम्ति सहसेनानीहरु प्रमुख प्रशिक्षार्थी हुने बताइएको छ । तीमध्ये १ नम्बरमा नम्बर २ विपद् व्यवस्थापन गणका श्यामसुन्दर चौधरी र अन्तिम नम्बरमा कमल बोगटी रहेका छन् । 

सम्भावितमध्ये केही विदेशमा रहेको बताइएको छ । चौधरी दक्षिण सुडान मिसनमा, उत्तम कट्टेल पनि सोही मिसनमा,निराजन थापा र पवन थापा चीनमा तालिमरत छन् । सन्तोष बस्नेत भने मिनुस्का मिसनअन्तर्गत मध्यअफ्रिका गणतन्त्रमा छन् ।

सेनाले आगामी भदौ ४ गतेदेखि पुस २० गतेसम्म पनि वार कलेजमा गुल्मपति तथा स्टाफ तालिमको आयोजना गर्दैछ । यो तालिम सि.सं. ६९ को निम्ति हुन लागेको हो । यसमा पनि राजदल गणका क्याप्टेन यदु शाहलगायत कोही विदेशमा छन् । शाह हाल चीनमा तालिमरत रहेको बताइएको छ । सि.सं. ६९ को सम्भावित शिक्षार्थीतर्फ १ नम्बरमा सरोज अधिकारी छन् ।

भदौमा सञ्चालन हुने तालिमको लागि आगामी २५ गतेभित्र सम्बन्धित तालुक अड्डामार्फत् सिफारिस वा निवेदन पेश गर्नुपर्ने छ । साउन पहिलो साता शिक्षार्थीहरुको अन्तिम नामावली प्रकाशित गर्ने कार्यक्रम छ ।

टिप्पणीहरू