काँग्रेसको आज भेला, २८ गते बैठक

काँग्रेसको आज भेला, २८ गते बैठक

नेपाली काँग्रेसले जिल्ला सभापतिहरुको भेला बोलाएको छ । ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो १ बजे डाकिएको भेलामा क्रियाशील सदस्यता, सदस्यता वितरण, नवीकरणलगायतको विषयमा छलफल हुने बताइएको छ ।

पार्टीको सांगठनिक विषयमा छलफल हुने भेलामा जिल्ला सभापतिहरुलाई आफ्नो जिल्लाको सांगठनिक विवरण पेश गर्न भनिएको छ । 

नेपाली काँग्रेसले केन्द्रीय समितिको बैठक पनि डाकेको छ । एक वर्षपछि बोलाइएको बैठक आगामी बिहीकार पार्टी मुख्यालय, सानेपामा हुँदैछ ।

टिप्पणीहरू