पञ्चेश्वर परियोजनाको प्रतिवेदन टुंग्याउन पोखरामा गृहकार्य शुरु
पञ्चेश्वर वहुउद्देश्यीय परियोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) टुंगोमा पुर्याउन नेपाल र भारतका उच्च अधिकारीहरु जुटेका छन् । उनीहरु पोखरामा आयोजित बैठकमा सहभागी भएका हुन् ।
आज र भोलि हुने बैठकमा ऊर्जा सचिव दिनेश घिमिरे र भारतीय जल मन्त्रालयका सचिव पंकज कुमारले प्रतिनिधित्व गरेका छन् । यो बैठक चार वर्षपछि बसेको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहालको गत महिनाको भारत भ्रमणका क्रममा पञ्चेश्वर बहुउद्देश्यीय परियोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तीन महिनाभित्र टुंगो लगाउने सहमति भएपछि आजदेखि पोखरामा बैठक राखिएको हो । बैठकमा भारतीय पक्षबाट एक दर्जन र नेपालको तर्फबाट डेढ दर्जन सरकारी अधिकारीहरु सहभागी भएका छन् ।
विशेषगरी उक्त आयोजनाको क्षमता, पानी बाँडफाँड, मुनाफा वितरणलगायत विषयमा दुई मुलुकका अधिकारीहरुले निश्कर्ष निकाल्ने बताइएको छ ।
टिप्पणीहरू