योगेश भट्टराईले भने - एमाले देशकै लोकप्रिय पार्टी

योगेश भट्टराईले भने - एमाले देशकै लोकप्रिय पार्टी

नेकपा एमालेका सचिव योगेश भट्टराईले आफ्नो पार्टी सिद्धान्त र व्यवहारको दृष्टिकोणले देशकै सबैभन्दा अब्बल पार्टी रहेको दावी गरेका छन् । 

बाराको निजगढमा आयोजित कार्यकर्ताहरु भेटघाट कार्यक्रममा उनले यस्तो दावी गरेका हुन् । पार्टीको सिद्धान्त र व्यवहार सहि भएकोले नै अहिले एमाले देशको सबैभन्दा लोकप्रिय दलको रुपमा रहेको पनि भट्टराईले जिकिर गरे ।

‘सिद्धान्त र विचारमा मात्रै होइन एमाले व्यवहारमा पनि उत्तिकै अब्बल छ, उनले भने, 'पार्टीले अङ्गिकार गरेको जनताको बहुदलीय जनवाद माक्सवादको सृजनात्मक सृजनात्मक प्रयोग हो र विश्वका अन्य धेरै देशमा यसलाई अपनाउन थालिएको छ ।' 
 
आफ्नो पार्टी जनताको मनमा बसेको बताउँदै उनले अगाडि भने, 'गत संसदीय निर्वाचनमा विपक्षीहरुको गठबन्धनका बाबजुद जनताले एमालेलाई मत दिएर समानुपातिकतर्फ सबैभन्दा ठूलो दल बनाएका हुन् । त्यसकारण यो पार्टी देशकै लोकप्रिय प्[आरती हो ।'  

पूर्वमन्त्रीसमेत रहेका भट्टराईले चुनावमा विपक्षीहरुले  गठबन्धन नगरेको भए आफ्नो पार्टीले प्रत्यक्षतर्फ थप २०-२५ सिट बढी जित्ने दावी पनि गरे ।

टिप्पणीहरू