स्वास्थ्य मन्त्रीको ठूलो स्वर
स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेत आफूले यो गरे र त्यो गरे भनेर फूर्ति लगाउने नेताको रुपमा चिनिन्छ । आफूले गरेको काम मात्र हैन अरुले गरेको कामको पनि आफै जस लिन माहिर उनले सिन्धुपाल्चोकमा जे जति विकास निर्माण भएका छन् त्यो सबै आफैले गरेको हो भन्न कहिल्यै पनि पछि पर्दैनन् ।
यसै क्रममा आज शुक्रबार मन्त्री बस्नेतले मेलम्ची र इन्द्रावती गाउँपालिका जोड्ने बेलिबृजको उदघा्टन गरे । उद्घाटन पश्चातको भाषणमा झण्डै आधा घण्टा त उनले आफ्नै प्रशंसा आफैले गरे ।
मन्त्री बस्नेतले सो पुल आफैले बनाएको मात्र भनेन् २०७८ साल आसर १ गते र लगत्तै आएको मेलम्ची बाढीले बगाएको हेलम्बुस्थित नाकुटे पुल, रातो पुल लगायतको संपूर्ण पुल आफैले बनाएको भनेर भाषण ठोके । मेलम्ची बाढीका कारण बगाएको सो पुल निर्माणका लागि सरकारको उच्च प्राथमिकतामा रहेको र टेण्टर पनि भइसकेको थियो । यसैबीच बस्नेत मन्त्री बनिहालेको र त्यो ठेक्का रद्य गरेर उनले नेपाली सेनालाई दिएको साँचो भएको बताइए पनि पुल निर्माणका लागि उनो रौं जतिको भूमिका नरहेको बताइन्छ ।
उनले मेलम्चीको उक्त पुल बनाउनका लागि नै आफूलाई नेपाली काँग्रेसले सो क्षेत्रबाट उठ्न दबाब दिएको र आफ्नो सिन्धुपाल्चोक प्रतिनिधिसभा क्षेत्र न १ नम्बर छोडेर २ नम्बर क्षेत्रमा आएर उम्मेद्वार बनेको सम्म पनि भन्न भ्याए । जब कि सिन्धुपाल्चोक प्रतिनिधिसभा क्षेत्र न १ मा गठवन्धनकोतर्फबाट आफूले टिकट पाउनका लागि अनेक तिकडम गरेर नपाएपछि उनी लुरुक्क परेर सिन्धुपाल्चोक प्रतिनिधिसभा क्षेत्र न २ बाट गत मंसिर ४ गतेको प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा उम्मेद्वार बनेको त्यतिखेर खुब चर्चा चलेको थियो । स्मरणीय छ मन्त्री बस्नेतको राजनीतिक क्षेत्र भनेको सिन्धुपाल्चोक १ नम्बर नै हो र यो क्षेत्रमा गठवन्धनको तर्फबाट माओवादीका नेता एवम् निर्वतमान सभामुख अग्निप्रसाद सापकोटाले आफना भतिज माधव सापकोटाका लागि टिकट खोसेका थिए ।
मन्त्री बस्नेतले प्रदेश सरकारको पहलमा २ नम्बर क्षेत्रमा अधिक बजेट परेको र सो पार्ने काम पनि आफैले गरेको पनि भने । पैसोको दुलो आफूलाई थाह भएको र त्यो दुलाबाट पैसा थुतेर ल्याउन कसरी पर्छ त्यो आफूलाई मात्र थाह भएको भन्दै उनले एकै दिनमा एकैपटक सिन्धुपाल्चोक क्षेत्र न १ मा ४ अर्व पैसा ल्याएको पनि बताए ।
हुन त उनी जहाँ जहाँ जान्छन् र भाषण गर्छन् त्यहाँ भएको बाटाघाटा , पीच ग्रावलिङ, खानेपानी, भवन लगायत हरेक भौतिक संरचनाहरु आफैले नै बनाएको हो भन्न कहिल्यै पनि थाक्दैनन् । चाहे उनले गरेको होस या नगरेको होस । चाहे अरुले नै किन नगरेको होस मन्त्री बस्नेत मैले नै गरेको हो भनेर धक फुकाएरै भन्ने गर्छन् । उनले जति फूर्ति लगाए पनि अहिले जनता बाठा भएका र उनको धक्कू उनकै हनुमान कार्यकर्ताले मात्र पत्याउने गरेको बताइन्छ ।
उनको यही धाक, धक्कू र रवाफका कारण आज भएको बेलिबृज उद्घाटन कार्यक्रमलाई मेलम्ची नगरपालिकाले पूर्ण बहिष्कार गरेको छ । नगरपालिकाका मेयर, उपमेयर लगायत जनप्रतिधिहरुको उपस्थिति नदेखिएपछि कार्यक्रमा सहभागिहरु अचम्ममा परेका थिए । मेलम्ची नगरपालिकाका मेयर आइतमान तामाङले स्थानीयतहसँग समन्वय नगरि गरिएको कार्यक्रममा आफू नगएको बताए । यता पुल निर्माणको जस भने स्थानीय तहको पोल्टामा जाला भन्ने पिरले पनि मन्त्री बस्नेतकै डिजाइनमा मेलम्ची नगरपालिकालाई निम्तोसम्म नदिएको बताइएको छ ।
जे जस्तो भए पनि मेलम्ची र इन्द्रावती जोड्ने यो पुलको निर्माणले भने स्थानीय खुशी छन् । खासगरि पाँचपोखरी थाङ्पाल र इन्द्रवाती गाउँपालिकाको लाइफ लाइनको रुपमा परिचित यो पुलको निर्माणले सदरमुकाम चौतारादेखि जिल्लाको पूर्वीय भेगका हजारौं स्थानीयहरुलाई आवतजावतमा सहज भएको छ ।
टिप्पणीहरू