एसइईको पूरक परीक्षा एक महिनापछि
माध्यमिक शिक्षा परीक्षा (एसइई) को पूरक (ग्रेडवृद्धि) परीक्षा आगामी साउन महिनाको अन्तिम साता हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले पूरक परीक्षा साउन २६ र २७ गते हुने जनाएको छ ।
नियमानुसार परीक्षामा ग्रेड ‘सी’ वा ‘सी’ भन्दा कम प्राप्त गरेका विद्यार्थीले पूरक परीक्षा दिन पाउने छन् । बढीमा दुई विषयसम्म अनुपस्थित रहेका परीक्षार्थीले पनि पूरक परीक्षा दिन पाउने छन् ।
ग्रेडवृद्धिका लागि साउन २१ गतेभित्र फारम भरेर विद्यालयबाट शिक्षा विकास तथा समन्वय एकाइमा बुझाउनुपर्ने छ । परीक्षा रद्द भएका परीक्षार्थीले पूरक परीक्षा दिन पाउने छैनन् । एक विषयको मात्र परीक्षा दिनुपर्ने विद्यार्थीले पहिलो दिन नै परीक्षा दिनुपर्नेछ ।
टिप्पणीहरू