फेरि दुबई उडे मुस्लिम आयोगका अध्यक्ष
सँधै दुबई जाउआउ गरिरहने मुस्लिम आयोगका अध्यक्ष समिमि मियाँ अन्सारी फेरि त्यतै गएका छन् । उनी फ्लाई दुबईको उडान नम्बर एफजेड ११३४ मा आज बिहान साढे ९ बजे काठमाडौंबाट दुबईतर्फ प्रस्थान गरेका हुन् ।
अन्सारी काठमाडौं–दुबई–काठमाडौं गरिरहन्छन् । दुबई जानुअघि र फर्केपछि उनी सिमरा र जनकपुर पुग्ने गरेका छन् ।
उता, नेकपा एमालेका सांसद तथा परिवार दलका अध्यक्ष एकनाथ ढकाल पनि लगातार विदेश जाने गरेका छन् । उनी हिजो मात्रै नयाँ दिल्लीबाट काठमाडौं आएका हुन् ।
आज अन्सारी सवार फ्लाई दुबईको उडानमा सांसद तथा माओवादी नेता देवेन्द्र पौडेल पनि रहेको बताइएको छ ।
टिप्पणीहरू