कोशीमा मन्त्रिपरिषद् विस्तार, प्रधानमन्त्रीका ज्वाईंलाई अर्थको जिम्मेवारी

कोशीमा मन्त्रिपरिषद् विस्तार, प्रधानमन्त्रीका ज्वाईंलाई अर्थको जिम्मेवारी

कोशी प्रदेशमा मन्त्रिपरिषद विस्तार गरिएको छ । मुख्यमन्त्री उद्धव थापाले माओवादी केन्द्रलाई समेत सरकारमा सहभागी गराएका छन् । 

माओवादीबाट दुई र काँग्रेसबाट एकसहित आज तीन जना मन्त्री नियुक्त भएका छन् । माओवादीबाट जीवन आचार्य र राजेन्द्र कार्की तथा नेपाली काँग्रेसबाट रामकुमार खत्री नियुक्त भएका हुन् ।

आचार्यलाई आर्थिक मामिला तथा योजनामन्त्रीको जिम्मेवारी दिइएको छ । आचार्य प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका छोरीज्वाइँ हुन् । 

प्रदेश प्रमुख पर्शुराम खापुङले नवनियुक्त मन्त्रीहरुलाई शपथ ग्रहण गराएका छन् । आचार्यबाहेक अरु मन्त्रीको जिम्मेवारी तोकिएको छैन । अस्ति काँग्रेसबाट प्रदीप सुनुवार र एकीकृत समाजवादीबाट कमलप्रसाद जबेगु मन्त्री नियुक्त भएका थिए ।
 

टिप्पणीहरू