धौलीगंगा बाँधबारे भारत भन्छ : जुनसुकै बेला खुल्छ, जोगिएर बस्न नेपालको आग्रह
भारतले धौलीगंगा बाँध जुनसुकै बेला खोलिन सक्ने जानकारी दिएको छ । भारतीय सीमावर्ती जिल्ला प्रशासनले दिएको उक्त जानकारी पछि जिल्ला प्रशासन कार्यालय दार्चुलाले सतर्क रहन नदीकिनार आसपासका बासिन्दालाई आग्रह गरेको छ ।
वर्षायाममा जलसतह बढेको जनाउँदै उत्तराखण्ड राज्यको पिथौरागढ जिल्लाअन्तर्गत धार्चुलामा रहेको धौलीगंगा बाँधको ढोका जुनसुकै बेला खोल्न सकिने जानकारी दिइएको छ ।
यता सिडियो कार्यालय, दार्चुलाले सूचना जारी गर्दै धौलीगंगा नदीमा पानीको प्रवाह बढ्दै गएकाले सतर्क रहन महाकाली नदीको तटीय क्षेत्रका स्थानीयलाई आग्रह गरेको हो ।
भारतले १० वर्षअघि २०७० असारमा बिना जानकारी उक्त बाँध खोलिदिएका कारण दार्चुला सदरमुकाम वरपरका एक सयभन्दा बढी घर बगाएको थियो ।
टिप्पणीहरू