प्रधानन्यायाधीशले विराटनगर पुगेपछि भन्नुभयो : न्यायाधीशहरुको नियुक्ति छिट्टै हुन्छ

प्रधानन्यायाधीशले विराटनगर पुगेपछि भन्नुभयो : न्यायाधीशहरुको नियुक्ति छिट्टै हुन्छ

प्रधानन्यायाधीश हरीकृष्ण कार्कीले विभिन्न तहका अदालतमा रिक्त न्यायाधीशको पदमा छिट्टै पदपूर्ति हुने बताउनुभएको छ । उहाँले न्यायाधीश नियुक्ति गर्ने धेरै कानुनी मान्यता र प्रक्रिया पूरा गर्नुपर्ने भएकाले नियुक्तिमा केही ढिलाइ भएको उल्लेख गर्नुभएको छ । 

राजधानीबाट विराटनगर पुगेपछि विमानस्थलमा बोल्दै उहाँले गत आमनिर्वाचन, त्यसपछि सरकार गठनलगायत धेरै कारणले न्यायाधीश नियुक्तिमा ढिलाई भएको उहाँको भनाई छ । उहाँले भन्नुभयो, ‘आगामी दिनमा रिक्त पदमा न्यायाधीशहरूको नियुक्ति एक महिनाभित्र गर्ने कानुनी व्यवस्था मिलाइन्छ ।’

यसबीचमा सबै अदालतबाट मुद्दाको फछ्र्यौट जतिसक्दो छिटो गर्ने व्यवस्था मिलाइएकाले न्यायालयप्रति जनविश्वास बढेको प्रधानन्यायाधीशले उल्लेख गर्नुभयो ।

उहाँ आज सर्वोच्चका न्यायाधीश प्रकाशमान सिंह र मुख्य रजिष्ट्रार लालबहादुर कुँवरसँगै विराटनगर पुग्नुभएको हो । प्रधानन्यायाधीशको टोली बुद्ध एअरको उडान नम्बर बीएचए ७०५ मा दिउँसो सवा १ बजे काठमाडौंबाट प्रस्थान गरेको थियो ।

टिप्पणीहरू