लहान बजार अबदेखि शनिबार सुनसान हुने

लहान बजार अबदेखि शनिबार सुनसान हुने

सिरहाको प्रमुख व्यापारिक केन्द्र लहान बजार अबदेखि शनिबारका दिन बन्द हुने भएको छ । जिल्ला उद्योग वाणिज्य संघ, कार्यसमिति बैठकले लहान बजार सातामा एकपटक शनिबारका दिन बन्द गर्ने निर्णय गरेको बताइएको छ । 

यसअघि उक्त बजार बुधबारका दिन बन्द गर्ने गरिएको थियो । संघका अध्यक्ष विकास शारडाले व्यापारी व्यवसायीहरूको मागबमोजिम शनिबार बजार बन्द गर्ने निर्णय गरिएको जानकारी दिए । लहानमा थोक र खुद्रा गरेर चार सय वटा पसल छन् भने चारओटा उद्योग सञ्चालनमा छन् । 

नगरमा सुनचाँदीका गरगहनाको व्यापार फस्टाउन थालेपछि त्यस्ता पसल खुल्नेक्रम बढेको थियो । कुनै बेला लहानमा ८६ ओटासम्म गहना पसल थियो । ‘तर अहिले सुनचाँदी गहनाका पसलमा बोहोनी समेत हुन छाडेको छ,’ संघका अध्यक्ष शारडाले भने ‘बुधबार बजार बन्द गर्दा सुनचाँदी पसलको व्यापार प्रभावित भएको गुनासो आएपछि सरकारी बिदाको दिन पारेर शनिबार बजार बन्द गर्ने निर्णय गरिएको हो ।’

टिप्पणीहरू