उपमेयर यादवलाई थप ५ दिन प्रहरी हिरासतमा राख्न अनुमति
किर्ते गरेर नागरिकता लिएको आरोप लागेकी सप्तरीको डाक्नेश्वरी नगरपालिकाकी उपप्रमुख मीराकुमारी यादवलाई थप पाँच दिन थुनामा राख्न अदालतले अनुमति दिएको छ । उनीमाथि लागेको आरोपबारे अनुसन्धान गर्न सप्तरी जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको हो ।
यसअघि गत बिहीबार अदालतले उनलाई तीन दिन थुनामा राख्न अनुमति दिएको थियो । भारतीय नागकिले किर्ते गरेर नागरिकता लिएको आरोप लागेका उपमेयर पक्राउपछि उनका श्रीमान् महेन्द्रकुमार यादव फरार छन् ।
गत मंगलबार पक्राउ पुर्जी जारी भएपछि बुधबार उनी प्रहरीसमक्ष उपस्थित भएकी थिइन् । सोही मुद्दाका अर्का आरोपी उनका पति महेन्द्रकुमार यादव भने अझैं फरार छन् ।
उनी मंगलबार पक्राउ पूर्जी जारी गरेपछि बुधबार जिल्ला प्रहरी कार्यालय पुगेकी थिइन् । सोही क्रममा प्रहरीले पक्राउ गरेको थियो ।
टिप्पणीहरू