वडाध्यक्ष लुटपाटमा संलग्न, साढे ६ लाख बाँडेर लिएको दाबी
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष विनोदसिंह विष्ट पक्राउ परेका छन् । साढे ६ लाख रुपैयाँ लुटपाट गरेपछि भाग लगाएर लिएको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ ।
उनीसँगै अरु दुई जना पनि समातिएका छन् । उनीहरुले स्थानीय खोर्केखोला तटबन्ध उपभोक्ता समितिको रकम खोसेको स्थानीयको आरोप छ । वडाध्यक्षसमेतको मिलेमतोमा साढे ६ लाख रुपैयाँ लुटिएको उजुर परेपछि प्रहरीले उनीहरुलाई पक्रेको हो ।
लुटपाटको आरोपमा सुशील गुरुङ र बलिराज शाही पनि पक्राउ परेका छन् । उनीहरुले वडाध्यक्षलाई दुई लाख रुपैयाँ दिएको र बाँकी आफूहरुले बाँडेर लिएको बताएका छन् ।
टिप्पणीहरू