सेनाका एक जना उपरथी काशीतर्फ, अर्का अमेरिका
नेपाली सेनाका दुई जना उपरथीमध्ये एक जना भारतको बनारस र अर्का अमेरिका उडेका छन् । सैनिक इन्टेलिजेन्स महानिर्देशनालयका महानिर्देशक उपरथी सुदर्शन सिलवाल अमेरिका र अर्का उपरथी भोला बुढाथोकी बनारस गएको बताइएको छ ।
बुढाथोकी बुद्ध एअरको उडान नम्बर यु४१६१ मा आज बिहान सवा ७ बजे काठमाडौंबाट वाराणासी उडेका हुन् ।
सिलवाल टर्किस एअरलाइन्सको उडान नम्बर टीके ७२७ मा बिहान सवा ८ बजे काठमाडौंबाट इस्तानबुल हुँदै अमेरिका गएको हुन् ।
टिप्पणीहरू