कोशीको विवाद सुष्मालता श्रीमानले हेर्ने
कोशी प्रदेश सरकार गठनविरुद्ध दायर रिटको सुनुवाइ सर्वोच्च अदालतका न्यायाधीश सुष्मालता माथेमाको इजलासमा हुने भएको छ ।
एमाले संसदीय दलका नेतासमेत रहेका पूर्वमुख्यमन्त्री हिक्मत कार्कीले दायर गरेको रिट न्यायाधीश माथेमाको इजलासमा परेको हो । कार्कीले सभामखुसमेतको हस्ताक्षरमा सरकार बनाउने काम संविधानविपरित भएको दावी गर्दै उत्पेषणको आदेशले बदर गर्न माग गरेर रिट हालेका हुन् ।
प्रदेश प्रमुख पर्शुराम खापुङ, प्रदेश प्रमुखको कार्यालयलगायतलाई विपक्षी बनाइ दायर भएको सो रिटमा कार्कीले प्रदेशसभाको सबैभन्दा ठूलो दलको नेताको हैसियतमा आफूलाई मुख्यमन्त्री नियुक्त गर्नुपर्ने मागसमेत गरेका छन् ।
टिप्पणीहरू