ऊर्जामन्त्रीसँग दक्षिण कोरियाका राजदूतको लामो वार्तालाप
ऊर्जामन्त्री शक्तिबहादुर बस्नेत र नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क चोङ–सुकबीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित मन्त्रालयमा आज बिहान कुराकानी भएको हो ।
राजनीतिक तथा कूटनीतिक भेटघाटमा सँधै व्यस्त रहने राजदूत चोङ मन्त्री बस्नेतलाई भेट्न बिहान ११ बजे मन्त्रालय पुगेका थिए । करिब एक घण्टा छलफल गरेर उनी मध्यान्ह १२ बजेको समयमा सिंहदरबारबाट बाहिरिएको बताइएको छ ।
टिप्पणीहरू