वकिलहरुले बेथिति रोक्न माग गदै जिल्ला अदालत घेर्ने
कानुन व्यवसायीहरुको एउटा टोलीले पार्किङको समस्या, अदालतभित्रको बेथितिलगायत विषयमा जिल्ला अदालत काठमाडौंलाई ध्यानाकर्षण गराउने भएका छन् ।
आज दिउँसो बबरमहलस्थित अदालतमा भेला भएर उनीहरुले त्यहाँ रहेका समस्याका सम्बन्धमा सम्बन्धित पक्षलाई जानकारी गराउन लागेका हुन् ।
जिल्ला अदालतमा रहेको पार्किङको समस्याविरुद्ध आवाज उठाउन तथा अन्य बेथितिका विषयमा सतर्क गराउन लागेको कानुन व्यवसायीहरुले जनाएका छन् ।
टिप्पणीहरू