पुष्पलाल राष्ट्रिय पुरस्कार २०८० बाट कमल कोइराला सहितका व्यक्तित्व सम्मानित

पुष्पलाल राष्ट्रिय पुरस्कार २०८० बाट कमल कोइराला सहितका व्यक्तित्व सम्मानित

वरिष्ठ पत्रकार तथा लेखक कमलप्रसाद कोइराला, डा. बालचन्द्र मिश्र र गोपालप्रसाद थपलिया पुष्पलाल राष्ट्रिय पुरस्कार २०८० बाट सम्मान हुनुभएको छ । पुष्पलाल प्रतिष्ठानद्वारा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आयोजित समारोहमा प्रधानमन्त्री दाहालले उहाँहरुलाई सम्मान गर्नुभएको हो ।

त्यस अवसरमा उहाँले युगान्तकारी राजनीतिक परिवर्तनसहितको आजको संघीय लोकतान्त्रिक गणतान्त्रिक शासन व्यवस्थासम्म ल्याइपुर्याउन पुष्पलाल श्रेष्ठले अनुसरण गर्नुभएको सिद्धान्त, विचार, नीति र देखाउनुभएको मार्ग निर्देशनले ठूलो अर्थ राख्ने धारणा राख्नुभएको छ । उहाँले भन्नुभयो, ‘नेपालको कम्युनिष्ट आन्दोलनमा मात्र नभएर सिङ्गो राजनीतिक आन्दोलनमा कमरेड पुष्पलालको योगदान निकै विशिष्ट प्रकृतिको रहेको छ ।’

यस वर्षको पुष्पलाल राष्ट्रिय पुरस्कार राजनीतिक, इतिहास र विज्ञान विधामा प्रदान गरिएको बताइएको छ । कोइराला अघिल्लो साता पाल्पामा पुष्पलाल स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार २०८० बाट पुरस्कृत हुनुभएको थियो ।

टिप्पणीहरू