पूर्वमन्त्री न्यौपानेलाई सफाई दिने विशेषको फैसलाविरुद्ध सर्वोच्चमा पुनरावेदन
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतबाट फैसला भएका मुद्दाउपर सर्वोच्चमा पुनरावेदन गरेको छ ।
विशेष अदालतले विभिन्न मितिमा गरेका फैसलामध्ये एउटामा चित्त नबुझेपछि अख्तियार पुनरावेदनका लागि सर्वोच्च पुगेको हो । आयोगका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले सरकारी सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेकोसम्बन्धी मुद्दामा सर्वोच्चमा पुनरावेदन गरिएको जानकारी दिए ।
समाज कल्याण परिषद्ले भुकृटीमण्डपस्थित प्रदर्शनी स्थल (फनपार्क) मा रहेको जग्गा भाडामा लगाउँदा अनियमितता गरी भ्रष्टाचार गरेको आरोपमा बद्रीप्रसाद न्यौपानेसहित ६ जनाविरुद्ध दायर भएको मुद्दामा विशेष अदालतको गत फागुल्न २५ गतेको फैसलाले सफाइ दिएको थियो ।
सो फैसलामा असन्तुष्टी जनाउँदै अख्तियार पुनरावेदनका लागि सर्वोच्च गएको हो ।
टिप्पणीहरू