काठ तस्करी रोक्न प्रहरीलाई सहयोग गर्दा गोली खाएका वीरेन्द्रको अनशन तोडियो

काठ तस्करी रोक्न प्रहरीलाई सहयोग गर्दा गोली खाएका वीरेन्द्रको अनशन तोडियो

काठ तस्करी रोक्न प्रहरीलाई सहयोग गर्दा प्रहरीकै गोली लागेर घाइते भएका कैलालीका वीरेन्द्र जैसीको अनशन तोडिएको छ । 

उपचार र क्षेतिपूर्तिको माग राखी तीन हप्तादेखि माइतीघर मण्डलामा अनशन बसेका उनको माग सम्बोधन गर्न सरकार तयार भएपछि अनशन तोडिएको हो । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ आज साँझ माइतीघर मण्डला पुगेर माग पूरा गर्ने बचन दिएसँगै जैसी अनशन तोड्न राजी भएका हुन् । 

हालसम्म उपचारको एक लाख ९१ हजार खर्च सरकारले बेहोरेको छ । माइतीघरमा अनशन बस्दाबस्दै स्वास्थ अवस्था थप जटिल भएपछि सहयोगीहरूले उनलाई वीर अस्पतालमा भर्ना गरेका थिए । आजबाट भने नेपाल प्रहरी अस्पतालमा उनको थप उपचार हुनेछ । 

अनशन तोडाउदै उपप्रधानमन्त्री श्रेष्ठले जैसीको बाँकी उपचारको जिम्मा सरकारले लिने, हालसम्मको उपचार खर्च बेहोर्ने र कुनै उपयुक्त रोजगारीको समेत व्यवस्था गरिदिने आश्वासन दिनुभएको छ ।

२०७३ फागुन १ गते प्रहरी र काठ तस्करबीच दोहोरो गोलि चल्दा प्रहरीलाई सहयोग गर्न पुगेका कैलाली जानकी गाउँपालिका-८ का २४ वर्षीय वीरेन्द्रको कोखामा गोली लागेको थियो ।
 

टिप्पणीहरू