अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिएर उपसभामुखको टोली स्वदेश फिर्ता

अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिएर उपसभामुखको टोली स्वदेश फिर्ता

उपसभामुखको नेतृत्वमा चीन गएको पाँच सदस्यीय प्रतिनिधिमण्डल स्वदेश फर्केको छ । उपसभामुख इन्दिरा राना चीनको गुइयाङमा भएको अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिएर गएराति चीनको ग्वाङझौ हुँदै काठमाडौं आइपुग्नुभएको हो ।

चाइना साउदर्नको उडान नम्बर सीजेड३०६७ मा राति साढे १० बजे टोलीका सदस्यहरु राष्ट्रिय सभा सदस्य डा. चन्दा कार्की भण्डारी, प्रतिनिधि सभा सदस्य मैना कार्की, भगवती चौधरी र संसद सचिवालयका उपसचिव विमलराज जोशी स्वदेश फर्केका हुन् । 

गुइयाङमा दुईदिने इको फोरम ग्लोबल कुइयाङ २०२३ सम्पन्न भएको छ ।

टिप्पणीहरू