बौद्ध स्तुपा बाहिर धर्ना, जातीय छुवाछुत हटाउन माग

बौद्ध स्तुपा बाहिर धर्ना, जातीय छुवाछुत हटाउन माग

समाजमा व्याप्त जातीय छुवाछुतविरुद्ध विरुद्ध राजधानीको बौद्ध स्तुपाको मुख्य प्रवेशद्वार बाहिर प्रदर्शन गरिएको छ । मानव अधिकार तथा शान्ति समाज, काठमाडौं शाखाले ‘जातीय छुवाछुतविरुद्ध सामाजिक अभियान’ नाराका साथ धर्ना र प्रदर्शन गरिरहेको छ । 

बिहान ८ बजेदेखि समाजले धर्ना तथा प्ले कार्ड प्रदर्शन गरेको हो । केन्द्रीय सभापति रामकृष्ण बरालको नेतृत्वमा भइरहेको कार्यक्रममा काठमाडौं जिल्ला सभापति भगवान पुडासैनी, केन्द्रीय सदस्य दिवाकर पुडासैनीलगायतको सहभागिता छ । 

प्रदर्शकारीहरुले सबैका लागि सबै मानव अधिकार, म जातीय विभेद र छुवाछुत अन्त्य गर्न प्रतिबद्ध छु, हाम्रो आन्दोलन सामाजिक न्यायका लागिलगायत नारा लेखिएको प्लेकार्ड बोकेका छन् ।

टिप्पणीहरू