आगामी आमनिर्वाचनपछि एक्लै सरकार बनाउने केपी ओलीको दाबी

आगामी आमनिर्वाचनपछि एक्लै सरकार बनाउने केपी ओलीको दाबी

प्रमुख प्रतिपक्ष नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चार वर्षपछि हुने आमनिर्वाचनमा बहुमत ल्याएर आफ्नो पार्टीले एकल सरकार बनाउने दाबी गर्नुभएको छ । 

पार्टीको बागमती प्रदेश कमिटी बैठकलाई आज पार्टी मुख्यालय च्यासल, ललितपुरमा सम्बोधन गर्दै उहाँले २०८४ मा हुने आमचुनावमा ५१ प्रतिशत जित निकालेर एकल बहुमतको सरकार बनाउने मिसनमा आफूहरु लाागेको बताउनुभएको हो । त्यसक्रममा उहाँले अहिले आफ्नो पार्टी सरकार बनाउने र गिराउने खेलमा नलाग्ने समेत प्रष्ट पार्नुभयो । 

‘अहिले हामी मिसन ०८४ र मिसन ५१ प्रतिशत जित निकालेर आफ्नै एकल सरकार बनाउनेतिर लागेका छौं’, अध्यक्ष ओलीले भन्नुभयो, ‘यो सरकार बनाउने, जोगाउने खिचलोमा लाग्ने फुर्सद छैन । हामीलाई यता र उताको टेको खोज्नु छैन ।’

टिप्पणीहरू