बालुवाटारको जग्गा प्रकरणमा नाम जोडिँदैमा आत्तिनु पर्दैन : माधव नेपाल
नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा आफ्नो नामसमेत आएकोमा प्रष्टिकरण दिनुभएको छ । उक्त प्रकरणमा कसैले नाम जोड्दैमा आफूले बदमासी नगरेकाले आत्तिनु नपर्ने उहाँको भनाइ छ ।
पाल्पाको तानसेनमा पत्रकार भेटघाटमा बोल्दै अध्यक्ष नेपालले प्रकरणमा कसुरदार देखिएका सबैलाई कारबाहीको दायरामा ल्याउनुपर्ने बताउनुभएको छ । ‘यो प्रकरणमा जोडिएका जोसुकै भएपनि कारबाहीको भागिदार हुनुपर्छ,’ उहाँले भन्नुभयो ।
अध्यक्ष नेपालले सबै सरकारी जग्गाको छनबिन गरी दोषीलाई कारबाही गर्न आग्रह गर्नुभएको छ ।
टिप्पणीहरू