हेलिकोप्टर दुर्घटनामा बितेका सबैको शव काठमाडौं ल्याइयो
सोलुखुम्बुमा आज भएको मनाङ एयरको हेलिकप्टर दुर्घटनामा निधन भएका सबैकाे शव काठमाडौं ल्याइएको छ ।
दुर्घटनाको खबरलगत्तै उद्धारमा खटाइएको अल्टिच्युटको हेलिकोप्टरमार्फत् शव साँझ ६ बजे काठमाडौँ ल्याइएको हो । पोष्टमार्टमका लागि शव महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा राखिएको छ ।
मनाङ हेलिकोप्टरको कल साइन ९ एन एएमभी (एएस५०) हेलिकोप्टर आज बिहान ११ बजेतिर सोलुखुम्बुको लिखुपिके गाउँपालिका–५ भकान्जेस्थित लामजुरा डाँडामा दुर्घटनामा परेको थियो । क्याप्टेन सिबि गुरुङले उडाएको हेलिकप्टरमा पाँच जना यात्रु थिए । केही दिनअघि मात्र नेपाल आइपुगेका उनीहरु सबै मेक्सिकन नागरिक हुन् ।
दुर्घटनामा पाइलटसहित छ जनाकै निधन भएको हाे ।
टिप्पणीहरू