रेखा थापा बनिन् राप्रपा महिला विभाग उपप्रमुख

रेखा थापा बनिन् राप्रपा महिला विभाग उपप्रमुख

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले नायिका रेखा थापालाई पार्टीको महिला विभाग उपप्रमुख पदमा मनोनीत गरेको छ । 

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको विधानबमोजिम थापालाई महिला विभाग उपप्रमुखमा मनोनीत गरेको बताइएको छ ।

उनले पार्टी सिद्धान्त र नीतिप्रति प्रतिबद्ध भई पार्टीको बृहत्तर हितमा कार्य गर्ने विश्वास लिएको अध्यक्ष लिङ्देनले जानकारी दिए । थापाले यसअघि पार्टीको कार्य सम्पादन समितिमा रहेर काम गरेकी थिइन् ।

टिप्पणीहरू