नेपालबाट फर्कनासाथ ज्याक मालाई ९८ करोड डलर जरिवाना
हालै नेपाल भ्रमणबाट फर्केका चिनियाँ धनाढ्य तथा विश्वका ६७ औं धनी ज्याक माथि फेरि कारवाही गरिएको छ । चीनको केन्द्रीय बैंकले उनी सह–संस्थापक रहेको एन्ट ग्रुपको डिजिटल भुक्तानी एप अलि पेलाई त्यति रकम कारबाहीस्वरुप बुझाउन आदेश दिएको छ ।
चीनभित्र र बाहिर निकै लोकप्रिय हुँदै गएको विश्वकै प्रमुख भुक्तानी एपले गरेको बदमासीबारे केन्द्रीय बैंकले गरेको नियमन,सुपरीवेक्षण र अनुसन्धानबाट धेरै कुरा खुलेको बताइन्छ । उक्त नियमन र सुपरीवेक्षणका लागि झण्डै तीन वर्ष लागेको थियो ।
यसअघि अलिबाबा कम्पनीमा पनि अनियमितता भएको पाइएपछि सन् २०२० मा ज्याक मालाई दुई अर्ब ८० करोड अमेरिकी डलर तिराइएको थियो । चार वर्षअघिको अलिबाबा र यस पटक अलि पे कम्पनीको साधारण सेयर निश्कासनको प्रक्रियामा बदमासी भएको जनाइएको छ । पिपुल्स बैंक अफ चाइनाले ज्याकका कम्पनीहरुलाई पारदर्शिता अपनाउँदै संस्थागत सुशासन अपनाउन जोड दिएको छ ।
ज्याक माले असारको पहिलो साता काठमाडौंमा दुई रात,तीन दिन बिताउँदा यताका पनि यस्तै अपारदर्शी कारोबार गर्ने विवादास्पद व्यापारी विनोद चौधरीका बाउ छोरालाई मात्रै भेटेकोमा धेरैले शंकाको दृष्टिबाट हेरेका थिए । नेपालबाट फर्केको तीन साता नबित्दै उनी पनि चौधरीको पदचाप पछ्याउँदै फर्जी र अपारदर्शी कारोबारमा संलग्न भएको आरोपमा कार्वाहीको भागिदार बनेका हुन् ।
टिप्पणीहरू