जिल्ला सभापतिहरुको भेलापछि काँग्रेस केन्द्रीय समिति बैठक, पार्टी सभापतिको निवासमा ‘एजेण्डा सेटिङ’

जिल्ला सभापतिहरुको भेलापछि काँग्रेस केन्द्रीय समिति बैठक, पार्टी सभापतिको निवासमा ‘एजेण्डा सेटिङ’

नेपाली काँग्रेसले झण्डै एक वर्षपछि बोलाएको केन्द्रीय समितिको बैठक आज दिउँसो १ बजे बस्दैछ । सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक बस्नुअघि बिहान ९ बजे सभापति शेरबहादुर देउवाले पदाधिकारीहरुको बैठक बोलाउनुभएको छ ।

बैठकको एजेण्डा तय गर्न सभापति देउवाको निवास चप्पल कारखानामा बैठक राखिएको हो । केन्द्रीय समिति बैठकमा समसामयिक राजनीतिक तथा पार्टी संगठनका विषयमा छलफल हुने जानकारी दिइएको छ । 

आजको बैठकमा नक्कली भुटानी शरणार्थी प्रकरणमा कारागार पुगेका नेता बालकृष्ण खाँणको पछिल्लो राजनीतिक हैसियतबारे पनि छलफल हुने बताइएको छ । प्रत्येक दुई महिनामा बस्नुपर्ने बैठक एक वर्षपछि बोलाइएको हो । अघिल्लो साता काँग्रेस जिल्ला सभापतिहरुको भेला बोलाइएको थियो । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको पहलमा आयोजना गरिएको उक्त भेलामा सभापति शेरबहादुर देउवा अनुपस्थित हुनुहुन्थ्यो ।

टिप्पणीहरू